वीरगंज अषाढ १०

अन्डरवर्ल्ड डन दाउद ईब्राहिमसँग मिलेर नेपालमा ‘सट्टेबाजी धन्दा’ गर्दै आएका अमृत भन्ने नथमल अग्रवाल ९नागराज० पक्राउ परेका छन् ।केही समयअघि मात्र भारतमा सम्पन्न आईपिएल क्रिकेटमा सट्टेबाजी गराएर २ करोड ४० लाख ठगी गरेको खुलेपछि नागराजलाई काठमाडौंको पानीपोखरीबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख ९एसएसपी० धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।धनुषाको जनकपुर नगरपालिका–३ स्थायी घर भएका नागराजले महोत्तरी स्थायी घर भई काठमाडौं बस्ने राकेश सिंह लगायका ब्यक्तिहरुबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा फिर्ता हुन्छ भन्दै २ करोड ४० लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।नेपाली सट्टेबाजका बादशाह मानिने नागराजले ललाईफकाई ठगी गरेको भन्दै प्रहरीले उनलाई ठगी मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।