वीरगंज, बैशाख ४
पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारको निर्माण कम्पनी पप्पु कन्ट्रक्सनको बदमासिको कारण पर्सा जिल्लाबासीहरु त्राहिमाम हुन थालेका छन । नेपालकै प्रथम श्रेणीको निर्माण कम्पनीको मान्यता पाएको उनको कम्पनी बारम्बार गुणस्तरहीन निर्माण गर्ने, समयमै निर्माण नसक्ने र बनेको संरचना पनि कम समयमै ध्वस्त बन्ने गरेको भएपनि सरोकारवालाहरु भने तैं चुप र मैं चुपको अवस्थामा बस्नुलाई रहस्यापूर्ण रुपमा हेर्न थालिएको छ । उनले निर्माण गरेको गर्दौल र परसौनीलाई जोड्ने नौरंगीया पुल निमाृण सम्पन्न नहुँदै भासिनु र अझै बढि निर्माण बापतको रकम माग गर्नु, सेमरवारी बरवाको पुल भासिनु, तिलावे पुल अझै बर्षौ बितिसक्दा पनि निर्माण सम्पन्न नै नगरि अलपत्र पार्नु, बीरगंज डम्पिङ्क साइड निर्माणको लागि जिम्मा पाएर र सम्झौत भएको बर्षौ बितिसक्दा पनि निर्माण सम्पन्न नहुनाले उनको राजनीतिक चरित्रलाई समेत उदाङ्को बनाइदिएको छ । उता तिलावे पुल र नौराँगीया पुल निर्माणको कार्य गुणस्तरीय नहुनु र समयमै निर्माण सम्पन्न नभएको हुनाले उनको कम्पनीलाई कालो सूचिमा राखेर कारवाही प्रकृया अघि बढाउनको लािग समेत सूचना प्रकाशित भएपछि पनि माननीय सांसद बिकास बिरोधी हुन कि वास्तबिक जनताको सेवा गर्नको लागि राजनीतिमा आएका हुन भन्ने कुराको पुष्टी समेत गरिदिएको छ । उता हिजो नै पर्साबाट निर्बाचित भएका जन प्रतिनिधीहरुको भेलाले समृद्ध पर्सा जिल्ला निर्माणको अभियानको संयोजक नै हरिनारायण रौनियारलाई बनाएपछि झन बिबिध खालको आशंका सृजना भएको छ भने अनियमितता, गुणस्तरिय निर्माण र समय भित्रै काम सम्पन्न नगरेको हुनाले बदनामी कमाएका रौनियारको नेतृत्वमा बनेको समृद्ध पर्साको परिकल्पना र उनलाई प्रमुख बनाउन भुमिका खेल्नेहरुको नियतमाथि समेत प्रश्न चिन्ह खडा भएको छ ।