वीरगंज,२५  बैशाख  । पर्सा क्षेत्र न. २ का सांसद विचारी यादवले आज एक समारोहका बीच नेपाल राष्ट्रिय विधापिठ उच्च मावि श्रीपुरमा दुई कोठे प्रयोगशाला भवनको शिलान्यास गर्नु भएको छ । सांसद बिचारी यादवको संसदिय विकाश कोषको ७ लाख ७० हजार लागतमा प्रयोगशाला भवनको निर्माण सुरु भएको हो । समारोहमा स्थानिय अभिभावक, शिक्षक ,नागरिक अगुवाका बीच अफनो कुरा राख्दै सांसद यादवले श्रीपुर विधापिठ उच्च माविको विकाशले क्षेत्र न. २ को शैक्षिक विकाशमा मदत पुग्ने बताउनु भयो । विधालयका विधार्थी तथा शिक्षककालागि स्वच्छ पिउने पानीको व्यवस्थापनकालागि २५ नल सहितको पानी प्रशोधित मैशिन क्यान्ट जडान गर्ने प्रतिबद्धता सांसद यादवले गर्नु भयो । शिलान्यास कार्यक्रममा नेकपा एमाले निकटको लोकतान्त्रिक मधेशी संगठनका पर्सा अध्यक्ष सुन्दर कुर्मी, मुक्ति समाजका प्रभु हजरा, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपालका अध्यक्ष अनुप तिवारी, एमाले वडा अध्यक्ष प्रयाग महतो, विधालयका प्रचार्य गोपाल प्रसाद महतो, उपभोक्ता समितीका अध्यक्ष रमेश महतो, विधालय व्यवस्थापन समितीका बिकाश साह लगायतको उपस्थिती रहेको थियो ।