वीरगन्ज ३० मसिर । पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालुआर्थिक बर्ष ०७३÷७४ का लागि ३ करोडको बजेट विनयोजन गर्नु भएको छ । सांसद गुप्ताले आफनो क्षेत्र अन्तर्गत विभिन्न २२ वटा योजना छनौट गर्नु भएको छ । सांसद गुप्ताको संयोजकत्वमा रहेको निर्वाचन क्षेत्र पूर्वाधार विकास समितीले गाविस हरपुर ८ बडेरवामा सडक तथा प्रवेश द्धार निर्माणमा १० लाख , गाविस झौवागुढीमा सडक निर्माणमा १० लाख नगरदाहामा सडक ढलान तथा नाला निर्माणमा १० लाख , बिरुवागुढी क्यामपसको भवन निर्माणमा १० लाख विनियोजन गरेको छ । त्यसैगरि पोखरिया नगरपालिका गोबिन्दपुर , बहुअर्वा भाठा , शिवबर्वा , भौराटार बैरिया विर्ता गाविसमा प्रवेश द्धार, र सडक निर्माणकालागि १०—१० लाख बजेट बिनयोजन गरिएको छ । यसैगरि बहुअरी पिडरी नहर देखी मोहन यादवको घर सम्म नाला निर्माण १० लाख, हसवा देखी धोरे सम्मको सडक निर्माणमा १९ लाख , हरपुर गाविसको थरुहट सडकमा १९ लाख , जगतपुर मननपुर सडक तथा प्रवेश द्धार निर्माणमा १६ लाख ५० हजार,प्रसौनी भाठामा ११ लाख ५० हजार , रमनगरीमा कलभर्ट तथा प्रवेश द्धारकालागि १२ लाख , झौवागुढी सडक तथा प्रवेश द्धारमा १४ लाखभौराटारमा नाला,सडक र प्रवेश द्धारकालागि ४० लाख , खानेपानीमा २२ लाख ,धोरे गाविसमा मठ सम्म सडक निर्माण ७ लाख ५० हजारको बजेट विनयोजन भएको सांसद गुप्ताले बताउनु भयो । सांसद गुप्ताले आफनो बजेटमा सडकको स्तर उन्नती र सबै गाविसमा प्रवेश द्धार निर्माण गर्ने योजनालाई प्राथमिक्ता दिएको बताउनु भयो ।