तुलसीपुर (दाङ), ५ पुस । तुलसीपुर नगरपालिका– १९ निवासी सावित्रा ढकाल आफना ससुरा शेषमणि गौतमको किरियामा बस्नुभएको छ । गत बिहीबार बेलुका ६७ वर्षीय ससुराको निधन भएको हो । सावित्राका श्रीमान् अशोक पण्डित स्व गौतमका एक मात्र छोरा हुनुहुन्छ जो हाल रोजगारीका सिलसिलामा मलेसियामा हुनुहुन्छ । सात वर्षदेखि रोगले थलिनुभएका ससुराको स्याहारसुसार समेत गर्नुभएकी सावित्राले समाजमा रहेको कुसंस्कृतिलाई तोड्दै आफू किरियामा बसेको बताउनुभयो । उहाकी सासूको भने पाच वर्षअघि नै निधन भइसकेको छ । कोरावस्त्र पहिरेर किरियामा बस्नुभएकी सावित्राले ससुरालाई वैदिक परम्पराअनुसार बबईघाटमा दागबत्ती दिएर अन्त्येष्टि गर्नुभएको थियो ।