टवल, जेष्ठ २० । दार्जिलिङ–११ बुटवलमा जारी १८औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीमाथि विजय हासिल गर्दै दार्जिलिङ अन्तिम चारमा पुग्ने तेस्रो टिम बनेको हो ।

निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा सशस्त्र प्रहरी४–२ ले पराजित भएको हो ।

भूकम्पपीडितका लागि राहत संकलन गर्न रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र झापा–११ भिड्दै छन् ।

यसअघिका खेलहरुमा विजयी हुँदै आयोजक रुपन्देही–११ र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।