बीरगंज, २७ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भंसार छलिका मालसमानसहित १० जना भारतीय युवकलाई पक्राउ गरेको छ । भारतीय कपडाहरुको भंसार कर नतिरी बिक्रीका लागि लैजादै गर्दा मकवानपुर प्रहरीले १० जना भारतीय युवकलाई पक्राउ गरी आवश्यक कार्यवाहीको लागि राजश्व अनुशंधान विभाग मध्यमाञ्चल कार्यालय पथलैया चलान गरेकको प्रहरी प्रवक्ता बामदेव गौत्तमले बताउनुभयो । उनिहरुबाट सवा दुइलाख बराबरको कपडा बरामद भएको थियो । यसैगरी दुइजना युवकलाई प्रहरी बनेर ठगि गरेको र धम्की दिएको जानकारी गराउनु भएको छ ।