बीरगंज, १३ साउन ÷ सवारी दुर्घटनामा आज बीरगंजमा २ जना घाइते भएको समाचार छ । वीरगंज–परवानीपुर सडक खण्डको बहुअरीमा टेम्पोले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएका छन् । ना १ ह ८४२ नम्बरको टेम्पोले ना ३१ प ४९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गम्भिर घाइते भएको प्रहरीले जानकारी गराएको छ । घाइते हुनेमा वीरगंज –२३ हरपतगञ्ज निवासी श्यामचन्द्र यादव रहेको प्रहरीले जनाएको छ । घाइते यादवको नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने टेम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी वीरगंजको इनर्वामा नम्बर नखुलेको बसले मोटरसाइकललाई ठक्कर दिदा ना ३४ प ३५४९ नम्बरका मोटरसाइकल चालक घाइते भएका छन । प्रहरीले पटेर्वा सुगौसिलका २५ वर्षिय देवराज चौधरी घाइते भएको र निजको पनि नारायणी उपक्ष्ँेत्रिय अस्पतालमा उपचार भइरहेको बताएको छ ।