वीरगंज, २८ असार ÷ छपकैया छठघाट पोखरी सर्वाेच्च अदालतको फैसलापछि प्रमोद विक्रम शाहको नाममा कायम भएर अहिले माटो पुर्ने काम शुरु गरिएपछि स्थानियटोलवासीले सो को विरोध गरेका छन ।

              २०२१ सालको नाप नक्सामा सार्वजनिक कायम रहेको छठघाट पोखरी प्रमोद विक्रम शाहले २०४६ सालको नया नापीमा आफनो नाममा दर्ता कायम गरेपछि विवाद भएको थियो । लामो समयदेखीको विवादमा सर्वाेच्च अदालतका न्यायाधिशहरुलाई भु–माफिया राजदेव यादव, विरेन्द्र साह र विरेन्द्र यादवले प्रभावित पारेर सार्वजनिक जग्गा प्रमोद विक्रम शाहको नाममा कायम गर्न सफल भएका हुन । शाहको नाममा सर्वाेच्चले जग्गा कायम गरेपछि राजदेव, विरेन्द्रद्धयले छठघाटमा माटो पुर्ने काम शुरु गरेका थिए । तीन बिगाहामा रहेको सार्वजनिक छठघाट पोखरीलाई पर्सा जिल्ला अदालत, पुनरावेदन अदालतले सार्वजनिक कायम गरेकोमा सर्वाेच्चका न्यायाधिश चोलेन्द्र शम्शेर जवरासमेतले भुमाफियाको प्रभावमा परेर व्यक्तिको नाममा कायम गरेको बताइन्छ । एकअरब भन्दा बढीको सम्पत्ति सर्वाेच्चको निर्णय लगत्तै शाहकी कान्छी बुहारी पुजा शाहले ३६ करोडमा भुमाफिया राजदेव र विरेन्द्रद्धयको जिम्मा लगाएकी छिन । सार्वजनिक छठघाट सार्वजनिक कायम गरिनुपर्छ भन्दै स्थानिय हिन्दु–मुस्लिम दुबै समुदायका मानिसहरु आज सकृय भएका थिए । उनिहरुले पुस्तौनीदेखी सार्वजनिक रहेको छठघाट व्यक्ति विशेषको नाममा गरिनु अदालतको गलत निर्णय भएको पनि बताए ।

       यसैबीच सो छठघाट पोखरी सार्वजनिक कायम गर्न पर्सा जिल्ला अदालतमा मुद्दा दिने तयारी भएको छ । व्यक्ति विशेषले पनि सार्वजनिक जग्गाको हकमा मुद्दा दायर गर्न सक्ने वीउमनपाका कानुनी सल्लाहकार अधिवक्ता विरेन्द्र यादवले जानकारी गराउनु भएको छ ।