वीरगंज जेष्ठ २५

जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ(लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने११ जना गम्भीर घाइते छन् । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा आज बिहान ६ बजेतिर दुर्घटना भएको हो । चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ । पाँच महिला, तीन पुरुष, दुई बालिका र एक बालक गरी जम्मा ११ जनाको अवस्था गम्भीर रहेको लमही प्रहरीले जनाएको छ ।.

.