रौतहट,जेठ १९ – रौतहटको अरैया गाविसकी एक बालिकाको विषालु सर्पको टोकाईबा ज्यान गएको छ । अरैया–६ का जयराम पासवानकी १० वर्षकी छोरी काजल कुमारीको सर्पको टोकाईबाट ज्यान गएको हो ।

मंगलबार बिहान घरमा खेलिरहेको समयमा काजलको हातमा सर्पले डसेको र उपचारका लागि अस्पताल नलगेर झाँक्रीको भरमा पर्दा उनको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ । सर्पले टोके लगत्तै बालिकालाई गाँउकै झाँक्रीकोमा लगेर घरमा ल्याइ खाना खुवाएपछि बालिका अचेत भएकी थिइन् ।

 ढिलोगरी ल्याएकोले बालिकालाई बचाउन नसकिएको गौर अस्पतालले जनाएको छ । ६ भाइल एन्टी स्नेक भेनम चलाउँदा समेत बालिकालाई बचाउन नसकिएको गौर अस्पतालका आकस्मिक फाँटका प्रमुख प्रविन कुमार झाले बताउनुभयो ।बालिकालाई दिउँसो १२ बजेपछि मात्रै जिल्ला अस्पताल गौरमा उपचारका लागि लगिएको थियो ।