वीरगंज १६ भदौ ÷ बीरगंजमा आन्दोलननको क्रममा भदौ १५ गते प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको र दुई दर्जनभन्दाबढी घाईते भएको घटना प्रति एमाले र नेपाली काग्रेस पर्साले विज्ञप्ती प्रकाशित गरी पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमाले पर्साका अध्यक्ष चिरंजिवी आचार्यले मृत्यु भएकाहरुमा श्रद्धाजञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य उपचार तथा सरकारसंग क्षतीपूर्ती उपलब्ध गराउन माग गर्नु भएको छ । विज्ञप्तीमा ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनको उपलब्धीलाई जनताको सहभागितामा बन्ने सम्बिधानबाट संस्थागत गर्ने ऐतिहासिक घडीमा राजनीतिक मागहरु लिएर आन्दोलन गर्नु लोकतन्त्रमा स्वभाविक भएको उल्लेख गर्दै आन्दोलनकारी पक्षले अगाडि सारेका मागलाई सम्बोधन गर्ने काममा राज्यलाई ढिलासुस्ती नगर्न आग्रह पनि गरिएको छ । आन्दोलनलाई राज्यशक्तिको प्रयोगले दवाउने कोशीस नगरि मधेसको आवाज सम्बोधन गरी अगाडी बढ्न सरकारसंग आग्रह गरिएको छ भने आान्दोलनलाई संमयमित र शान्तिपुर्ण बनाउन प्रहरी प्रसासन तथा आन्दोलनकारीलाई समेत आव्हान गरिएको छ ।