वीरगंज, ८ साउन । नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष एवंम एमालेका केन्द्रिय सचिच पृथ्वी सुब्बा गुरुङ्गले नेपालको भौगोलिक विविधतामा एकता कायम गर्ने काम एमालेले मात्र गर्न सक्ने बताउनुभएको छ । बाराको सिमरामा आयोजित नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघको जिल्ला स्तरीय प्रशिक्षण भेलाको हिजो उद्घाटन गर्दै वहांले क्षेत्री, बाहुनलाई अवसर दिने र अवसरका लागि जेपनि गर्ने उग्र बामपन्थि र दक्षिणपन्थिहरुले मुलुकका लागि राम्रो मार्ग निर्देशन गर्न नसक्ने भएको बताउदै समाजिक अन्तर सम्बन्धलाई कायम गर्न एमालेको ठुलो भुमिका रहेको जिकीर गर्नुभयो । नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष एवंम एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवम बारा ईन्चार्ज सांसद बलबिर चौधरी, केन्द्रिय सदस्य दिनेश राई, एमाले बाराका अध्यक्ष सुन्दर विक, आदिवासी जनजाती प्रतिष्ठानका कार्यकारी निर्देशक गोबिन्द राम चेपांग, प्रदेश नम्बर २ का प्रदेश सदस्य सिता गुरुङ्ग, भरत खडका, पलट चौधरी एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल, बाराका सचिवालय सदस्य डा. कृष्ण पौडेल, एकबहादुर श्रेष्ठ, कमलेस झालगायतको उपस्थिति थियो ।