वीरगंंज, साउन ४ । रक्तसञ्चार केन्द्र बीरगंजमा रगत अभाव भएपछि आकस्मिक रक्तदान गर्ने क्रम बढदो छ । यसैक्रममा आज समाजबादी युवा फोरम नेपालले घण्टाघरमा आयोजना गरेको आकस्मिक कार्यक्रममा २ महिलासहित ६२ जनाले रक्तदान गरेका छन । बिजयकुमार यादव, बिशाल सर्राफ, राजकुमार सर्राफ, राजेन्द्र साह, आमोदिन हवारी, सागर बर्णवाल, ओमप्रकाश सर्राफ, प्रभु साह कानु, लखनलाल गुप्ता, मुराद अंसारी, प्रमानन्द साह, तुफान फारुक अंसारी, रुपेश गुप्ता, राहुल श्रीवास्तव, सुशिल साह, महताव आलम अंसारीलगायतले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजमा प्राविधिक नितेस साहले बताउनुभयो । समाजबादी युवा फोरमका कार्यक्रम संयोजक शेख जल्सुदीनको अध्यक्षतामा गरिएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उदघाटन गर्नुभएको थियो । यसैगरी रक्तसंचार केन्द्र वीरगंजमा रगत अभाव भएपछि केन्द्रमा पुगेर आकस्मिक रक्तदान गर्ने क्रम बढेको छ । हिजो एकै दिन रक्तसंचार केन्द्र वीरगंजमा पुगेर २३ जनाले रक्तदान गरेको ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अरबिन्द सिंहले बताउनुभयो । रक्तदान गर्नेहरुमा शुभम तुलस्यान, प्रदिप चौधरी, लक्ष्मण साह कानु, अजित कुमार साह, दिपक पंडित, सन्तोष श्रेष्ठ, अजय कुर्मी, सुनिल मान प्रधान, सुमित काफ्ले, विजय कुशवाहा, अजित साह, विशाल शाह, विनयकुमार साह, अमित झा, राहुल राज सोनी , दिपक श्रेष्ठ , शिवचन्द्र यादव, रोधन श्रेष्ठ , विवेक कृष्ण शर्मा, सन्तोष चौधरी , अमित कुमार कर्ण, राजा रौनियार र सुबोध पौडेल रहनु भएको छ । गर्मियाम भएकोले रक्तदानको नियमित कार्यक्रमबाट आशाप्रद रगत संकलन नभएको र रगतको माग बढी भएकोले रगतको समस्या भएको जनाउदै रक्त संचार केन्द्र वीरगंज र ब्लड डोनर्स एशोसियसन वीरगंजलेसंघसंस्था, व्यक्तिहरुलाई रक्तदान गर्न आग्रह पनि गरेको छ ।