वीरगंज १२ असार ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी सभासद आशा चर्तुवेदीले आज विभिन्न सामुदायिक विधालयमा अध्ययनरत ५१ जना गरिब, दलित तथा जेहेन्दार छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ ।सभासद चर्तुवेदीले संसदीय विकास कोषबाट साइकल वितरण गर्नु भएको हो ।

श्रीपुर माविमा सम्पन साइकल वितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजक, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, फोरम लोकतान्त्रिकका हरेन्द्र सिंह, विरेन्द्रलाल नेपाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रम फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशिकपुर मियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।