वीरगंज जेष्ठ २८

साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त गोरे भनिने चुडामणी उप्रेती ‘गोरे’सहित तीन जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।मोरङ कारागारबाट गोरेसहित, छिरिङ वाङ्गेल घले र भुजुङ गुरुङलाई मोरङबाट काठमाडौ ल्याईएको हो । उनीहरुलाई केन्द्रीय कारागार ठाइएको छ ।उनीहरुलाई सम्पत्ति छानविन गर्न काठमाडौं ल्याइएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ ।३३ किलो सुन र सनम हत्याको छानबिन गर्न बनेको समितिले उनीहरुको सम्पत्ति छानबिन गर्न सुझाव दिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीहरूलाई काठमाडौं झिकाएको हो ।जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि विराटनगरबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।