वीरगंज, १४ साउन ÷ नेपाल सदभावना पार्टी गजेन्द्रवादीले आज जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअमार्फत प्रधानमन्त्रिलाई ज्ञापन बुझाएको छ । गजेन्द्रवादीका केन्द्रिय उपाध्यक्ष महम्द कलाम अजादले चार बुंदे माँग सहित पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेमार्फत प्रधानमन्त्री सुशिल कोईरालालाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

                   उपाध्यक्ष आजादको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रजिअलाई ज्ञापन बुझाउदै वर्षा नभएको र सिचाँई सुबिधासमेत नभएको अवस्थामा कृषि योग्य भुमि बाझो भएकोले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको थियो । यसैगरी २०७२ बैशाख १२ गते गोरखाको वारपार्क केन्द्र बनाई गएको महाभुकम्पले गर्दा पहाडका १४ जिल्ला प्रभाबित हुनुको साथै तराईका जिल्लामा समेत असर परेकोले अबिलम्ब राहत व्यवस्था गर्न माग गरेको छ । क्षतिग्रस्त घरधुरीको बिवरण जिबिस र नगरपालिका लगायत गृहप्रशासनसंग भएपनि मधेसी , दलित, जनजति ,सिमान्तकृत गरिबीको रेखाको मुनि रहेका निमुखा जनताको गाँस,बाँस,कपासको व्यवस्था नगरिएको, भौतिक पुर्वाधार नभएका गाबिसलाई सरकारले नयाँ नगरपालिका घोषणा गरी कर मात्र असुलीको माध्यम बनाएकोमा आपत्ती व्यक्त गर्दै नेपाल सदभावना पार्टी गजेन्द्रबादीले ज्ञापनपत्र बुझाएको थियो । माँग पुरा नभए आन्दोलन गर्ने चेतावनी उपाध्यक्ष आजादले दिनुभयो । ज्ञापनपत्र बुझदै प्रजिअ घिमिरेले ज्ञापनपत्रलाई अविलम्ब सम्बन्धित ठाउमा पठाउने बताउनुभयो ।