वीरगंजमा,२० भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरुसंग भएको पुर्व सहमति सम्झौताहरुको पालना नगरिएसम्म आन्दोलन जारी रहने र सरकारसंग वार्ता नहुने बताउनु भएको छ । राधेमाई मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले काँग्रेस ,एमाले र माओवादीको कारण मधेसमा यो अवस्था सृजना भएको बताउनुभयो । बार्ताको नाममा सरकारले नौटंकी मात्र गरिरहकेको र मधेसमा जारी शान्तिपुर्ण आन्दोलनमा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेना परिचालन गरेर मधेसी जनतालाई मार्ने कार्य गरेको आरोप लगाउनु भयो । वहाले यसपटकको आन्दोलन आर या पारको हुने बताउदै यसपालिको मधेस आन्दोलनमा सम्पुर्ण मधेसवादी दल,संगठन एवं अन्य दलमा रहेका मधेसीहरुलाई समेतलाई स्वभिमान , पहिचान र अधिकारको लडाईमा लाग्न आग्रह गरेका गर्नुभयो । वहाले मधेस आन्दोलनमा ज्यान गुमाएका वीर शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका थिए । वहाले संयुक्त लोकतान्त्रि मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका सभासदहरुले राजिनामा दिएको सन्र्दभमा आफुलाई जानकारी नभएको प्रतिकृया दिनुभयो । पत्रकार सम्मेलनमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत, केन्द्रिय सदस्यहरु करिमा बेगम, बिरेन्द्र यादव, पर्सा अध्यक्ष प्रदिप यादव लगायतको सहभागिता थियो ।