बीरगंज, १२ असार÷ नेपाली काग्रेस पर्साका सभापति एवम सभासद सुरेन्द्रप्रसाद चौधरी र केन्द्रिय सदस्य एवम पुर्व सभासद अजयकुमार चौरसियाबीच पोखरियामा आयोजित कार्यक्रममा पनि जुहारी चल्यो ।

पोखरिया–बिन्दवासिनी सडकखण्ड कालोपत्र गर्ने कामको हिजो पोखरियामा सम्पन्न शिलान्यास कार्यक्रममा भौतिक योजना तथा यातायात निर्माण मन्त्रि विमलेन्द्र निधीको अगाडी केन्द्रिय सदस्य चौरसियाले आफनो अथक प्रयासपछि सो सडकको निर्माण हुन लागेको भनि बताएपछि सभापति चौधरीले आफनो भाषणको क्रममा चौरसियाले झुठको खेति गरेको बताए । उनले सरकारको कार्य नीतिमा परेको र रातो किताबमा रहेको योजनालाई आफुमाथि जस थोपारेर जनतालाई गुमराह गर्न खोजेको चौरसियादेखी सावधान रहन आग्रह गरे । उनले चौरसियामाथि मानव तस्करी अर्थात अपहरणको व्यावसायमा संलग्न रहेको अपराधिक चरित्रको मानिस भनेर पनि टिप्पणी गरे । सभापति चौधरीले भारतको सिवानमा मानव तस्करीको धन्दा गर्ने भनि चौरसियाको नाम उल्लेख नगरी उनिमाथि गम्भिर आरोप लगाए । केन्द्रिय सदस्य चौरसियाको बल चलेको भए आफुसमेत ५ जना सभासदहरुलाई मचमा पनि बस्न दिने थिएनन भनेर चौधरीले मन्त्रि निधीलाई जिल्लामा चलेको आपसी द्धन्दको बारेमा भाषणबाटै प्रष्ट्याएका थिए ।

सभापति चौधरीको तर्फबाट एमालेका सभासद राजकुमार गुप्ताले पनि आफनो क्षेत्रको प्रतिस्पद्र्धी चौरसियामाथि कटाक्ष प्रहार गरे । चौरसियाले आफनो भाषणको क्रममा क्षेत्र नं. ३ मा भएको पुल पुलेसा, सडक आदिको काम सो कार्यक्रमका अध्यक्ष मन्त्रालयका सचिव तुलसी सिटौलालाई भनेर ल्याएको बताएकोमा प्रतिवाद गर्दै सभासद गुप्ताले सभासद र मन्त्रि हुदा गाउको विकासमा कुनै ध्यानै नदिएका चौरसियाले अहिले फुर्ति लगाउनु हास्यास्पद भएको बताउनुभयो । सभासद गुप्ताले आफनो प्रयासमा गरिएको कामलाई चौरसियाले सबैलाई झुक्याउन खोजेको बताउनुभयो ।