वीरगंज, मंसिर १५
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. ३ ले गएराती संखुवा प्रसौनी गाँउपालिका वडा नं. १ सखुवनीया वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गलेन्द्र चौधरी,आनन्द चौधरी, उपेन्द्र चौधरी गरी १८० जना नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । प्रदेश सभा सदस्यका उम्मेदवार नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता, नेताहरु धुरुप कुशवाहा, बलिराम साह, लक्ष्मण रौनियार, निर गिरी ,महेन्द्र यादव, युवा नेता यशवन्त यादव, हिरालाल यादव, युवा संघका उपाध्यक्ष महम्द निजाम , नागेन्द्र यादव , संजिव मिश्रा लयातको उपस्थिती रहेको थियो ।