विराटनगर, २५ भदौ । सिरहाको गोलबार नगरपालिका –४ स्थित मैनावती खोलाको पुलमा हिजो साँझ सकेट बम फेला परेको छ । खोलाको पुल नजिकै शंकास्पद पोका रहेको स्थानियवासीले खवर गरेपछि पुगेको इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले खोलेर हेर्दा सकेट बम बरामद भएको हो । बम रहेको फेला परेपछि प्रहरीले सुरक्षा दिई चोहर्वा स्थित नेपाली सेनाको ब्यारेकबाट गएको बम डिस्पोजल टोलीले सांझ ६ वजे सुरक्षित रुपमा निस्कृया पारेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बम फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।