काठमाडौं, भदौ २९ । नयाँ संविधानको परिमार्जित विधेयकका धाराहरुमाथि मतदानको क्रमले तीब्रता पाएको छ । नयाँ संविधानका धाराहरु क्रमिकरुपमा पारित भइरहेका छन् ।संविधानसभा भवन नयाँ वानेश्वरमा मगंलबार बिहान धारा नं ५८ देखि मतदान शुरु भएको थियो ।

राजसंस्था राख्नुपर्ने माग बहुमतले अस्वीकृत

संविधानसभाले राजसंस्था राख्नुपर्ने माग बहुमतले अस्वीकृत गरेको छ । संविधानको धारा ६१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संशोधन राखेका थिए ।थापाले राखेको संशोधनमा राष्ट्रपति र उपराष्ट्रपति रहने प्रस्तावित व्यवस्था हटाएर राजसंस्था राख्नुपर्ने उल्लेख थियो । ८ वटा धारा पारित गरेपछि बैठक बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको छ।