वीरगंज, चैत्र ७
वीरगंजलाई प्र्रदेश नम्बर २ को राजधानी बनाउन गठित संर्घष समितीको बैठक आज सम्पन्न । संर्घष समितीका सह संयोजक राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले चैत्र १८ गते अन्र्तक्रिया कार्यक्रम, १९ गते मसाल जुलुस र २० गते वीरगंज बन्दको निर्णय गरेको छ । बैठकमा संर्घष समितीका श्याम पटेल, मनोज चौधरी, अरबिन्द गुप्ता, बसरुदिन अंसारी लगायतको उपस्तिी रहेको छ । यसैबिच ब्रम्हदेव गुप्ताको नेतृत्वमा आज रिले अनशन बसेको छ । अनशनमा बासुदेव यादव, अनिल रौनियार,धुरेन्द्र पटेल, अशोक गुुप्ता र बृजेश पटेल बस्नुभएको छ ।