वीरगन्ज, ९ भदौ । वीरगन्जमा बिगत १२ दिन देखि प्रादेशिक सिमांकनको खाकामा असहमती जनाउदै आन्दोलन हाकी रहेका दुई वटा मोर्चा बीच कार्यगत एकता गर्न भएको वार्ता विफल भएको छ । राणीसती अतिथी सदनमा आज साझ संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा र संघिय समावेशी मोर्चा बीच भएको वार्ता विफल भएको हो । मधेश आन्दोलनको सबै मुददमा कुरा मिलेपनि मोर्चाको नाम के राखने विषयमा सहमती नभएपछि वार्ता विफल भएको थियो । वार्तामा संयुक्त लोकतानत्रीक मधेशी मोर्चा तर्फवाट सदभावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपाका सह महामन्त्री जितेन्द्र सोनल, केन्द्रिय सदस्य पुरुषोतम झाको सहभागिता रहेको थियो । यसैगरि संघिय समावेशी मधेशी मोर्चाबाट नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेल,माओवादी मात्तृका पक्षका छोटेलाल यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकुमार यादव लगायतको सहभागिता रहेको थियो ।