वीरगंज,जेठ १६
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले पत्रकार प्रणय साह माथि अपशब्द प्रयोग गरेको बिरोधमा आज पर्साका संचारकर्मीहरुले ध्यानाकर्षण गराएका छन ।नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा गएको टोलीले प्रजिअ पौडेललाई पत्रकारलाई अपशब्द प्रयोग गरेकोमा गम्भिर आपती जनाएका छन । देश र जनतको लागि कलम चलाउने पत्रकारलाई प्रशासनबाट यस्तो दुरव्यवहार हुनु दुखत भएको बताउदै यस्ता घटना दोहरीए पत्रकार महासंघ पर्सा शाखा चुप नबस्ने समेत चेतावनी दिएका थिए । यता प्रजिअ पौडेलले क्षमा माग्दै नियतबस त्यस्तो भाषा प्रयोग नगरेको तथा अर्थको अनर्थ लागेर मिसअन्डरस्ट्याण्डीङ्ग मात्र भएको बताए । प्रजिअ पौडेलले पत्रकार तथा कुनै समुदायमाथि अपशब्द प्रयोग गर्ने नियत नभएको समेत प्रस्ट पानुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, सदस्य जगत राई, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, कोषाध्यक्ष बिभुष यादव, सचिव युवराज खडका, संघिय प्रेस फोरमका पर्सा अध्यक्ष आरके पटेल, प्रेस मंच नेपालका अध्यक्ष संतोष पटेल,प्रेस सेन्टर २ नम्बर प्रदेशका संयोजक निरज पिठाकोठे, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण साह, मधेस पत्रकार संघका अध्यक्ष मनोज पटेल ,पत्रकार महेश दास, सत्रुघन नेपाल,शेखर छतकुली,राकेश साह लगायतको सहभागिता रहेको थियो ।