वीरगंज, १८ भदौ । संघीय समावेशी मधेशी मोर्चाले शुक्रवार पर्साको डकैला बहुअरीमा आमसभा गरेको छ । जारी मधेश आन्दोलनलाई निष्कर्षमा पु¥याउन मधेशी जनताको साथ समर्थन र आन्दोलनमा प्रहरीको तर्फबाट भएको बर्बर दमनको बारेमा जानकारी गराउनका लागि कार्यक्रमको आयोजना गरीएको मोर्चा आवद्ध राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेलले जानकारी दिनुभयो । नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले संघीयता धर्मनिरपेक्षता र आत्मनिर्णयको अधिकारको लागि आफुहरु सडकमा आएको बताउनुभयो । पहिलो मधेश आन्दोलनमा सरकारले मधेशी नागरिकसग तमसुक गरेको तर अहिले माग पुरा गर्न पन्छीएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाले पुर्व सहमति अनुसार माग पुरा नगरे, जबर्जस्ती बहुमतको दम्भमा संविधान जारी गरे आफुहरुले जलाएर फाल्ने चेतावनी दिनुभयो । नेता पटेलले आफुहरुले हामि नेपाली हौ“ हामिलाई नेपालको अधिकार देउ भनीरहदा राज्यले तिमिहरु नेपाली होईनौ भन्ने व्यवहार प्रदर्शन गरेको दावि गर्नुभयो । सरकारको यस्तो रवैया कायमै रहे गम्भीर परिस्थीतीको सृजना हुने बताउनुभयो । कार्यक्रम राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहले आफुलाई मधेशको मसीहा भन्ने मधेशी नेताले नै मधेशी जनतासग गद्धारी गरेको बताउनुभयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेताहरुलाई लक्षीत गर्दै नेता सिंहले उक्त मोर्चाका नेताहरुले आन्दोलनको सम्पुर्ण योजना र सुचना प्रहरी र सिडीयोलाई दिएर आन्दोलन तुहाउने खेलमा लागेको आरोप लगाउनुभयो । मधेशीको नाममा दलाली गर्ने र आफ्नो झोला भर्ने दलालहरुकै कारण मधेश आन्दोलन शसक्त रुपमा अगाडि बढ्न नसकेको उहाको भनाई थियो । नेता सिंहले मधेससग गद्धारी गर्ने नेताहरुलाई सार्वजनिक स्थानमा बेईजती र कारवाहि गर्न जनतासग आग्रह गर्नुभयो । २० दिन देखि वीरगंज र आसपासमा चलेको आन्दोलनका कारण यहाका जनताले दैनिक उपभोग्य सामाग्री, दाल, चामल, आलु, प्याज किन्न नपाएको बेला सरकारले काठमाण्डौको नागरिकको भरण पोषणको लागि मधेशी जनताको छातिमा गोलि प्रहार गरेर सामान पठाएको आरोप लगाउनुभयो । नेता सिंहले आजभोलीमै पर्सा जिल्लामा शहादत प्राप्त गरेका पा“चै जना शहिदहरुको अन्त्यष्टिको कार्यक्रम हुन सक्ने भएकोले उक्त कार्यक्रममा उल्लेख्य मात्रामा सहभागि भएर शहिदलाई सम्मान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका नेता राजकुमार यादवले शान्तिपुर्ण आन्दोलनमा मधेशीमाथी गोलि चलाउने प्रहरी अधिकृतलाई मधेश छोडेर जान आग्रह गर्नुभयो । उहाले मानवअधिकारको ठाडो उल्लंघन गर्दै शान्तिपुर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठीत गरेर जनपद प्रहरी र शसस्त्र प्रहरीले बर्बरता प्रदर्शन गरी गोली चलाएकोले तिनलाई मधेशमा बस्ने अधिकार नहुने दावि गर्नुभएको हो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशीकपुर मियाले मधेश मुक्ति र अधिकारको लागि आफ्नो प्राणको आहुती दिएका ५ जना शहीदलाइ आफ्नो भाई–भतिजा र आफन्त ठानेर आन्दोलनमा होमिन आग्रह गर्नुभयो । उहाले शहिदको परीवारलाई सरकारले तत्काल क्षतिपुर्ती उपलब्ध गराएर आश्रीत परीवारलाई रोजगारीको व्यवस्था गर्न सरकारसग माग गर्नुभयो । । सरीफ अहमदको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाराज यादव, शिवशंकर यादव, मुस्तकीम अन्सारी, नुरुलहोदा अन्सारी, प्रेमबाबु पटेल, छोटेलाल यादव, दीप नारायण रौनियार, अनिरुद सिंह र विनोद यादवलगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।