बीरगन्ज,फागुन ४  ।संघिय समाजवादी फोरम निकटको पत्रकारहरुको संगठन संघिय प्रेस फोरमको पर्सा शाखा गठन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आज सम्पन कार्यक्रममा आर।के। पटेलको अध्यक्षतामा १३ सदस्यि कार्यसमितीको घोषणा गरिएको हो । बिजय कुशवाहाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा फोरम पर्साका अध्यक्ष तथा सांसद प्रदिप यादवले संघिय प्रेस फोरम पर्साको घोषणा गर्नु भयो । समितीको उपाध्यक्षमा श्याम कुशवाहा , लालबाबु बानिया, सचिवमा आशु सर्राफ, सहसचिव अंजुकुमारी महतो, कोषाध्यक्ष राम कुशवाहा, सदस्यहरुमा एनी कुंवर, दिपक ठाकुर ,हेमन्त तमाड, निखिल वर्णवाल, प्रमोद यादव ,जनाब आलक, संतोष साह, मनिषा श्रेष्ठ लगायतका रहनु भएको छ ।

यसैगरि राम सर्राफको संयोजकत्वमा रहेको सल्लाहकार समितीमा अनिल तिवारी , विजय कुशवाहा, ध्रुव साह , चन्द्र भुषण साह रहेका छन् । घोषणा सभालाई सम्बोधन गर्दै सांसद प्रदिप यादवले प्रेस फोरम पर्साको पत्रकारीता मर्यादित तथा व्यवस्थित बनाउन अग्रसर हुने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ पर्सा संग समन्यव्य गरि पत्रकारतिाको विकाश उत्थानकालागि फे्रस फोरमले आफनो भुमिका खेल्ने यादवले बताउनु भयो । कार्यक्रममा सांसद हरिनरायण रौनियार , बीरगन्ज महानगर प्रमुख बिजय सरावगी , जिल्ला समन्वय समिती पर्साका सभापति नेक महमद , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी , प्रेस सेण्टरका अध्यक्ष निरज पिठाकोटे लगायतकाले शुभकामना कन्तव्य राखनु भएको थियो ।

आर।के पटलेले सहजीकरण गर्नु भएको कार्यक्रममा ध्ुव साहले सवागत मन्तव्य राखनु भएको थियो । प्रेस फोरम गठन संगै कांग्रेस निकटको प्रेस युनियनलाई ठुलो धक्का लागेको छ । युनियनको कोषध्यक्ष रहेका राम कुशवाहाको अगुवाईमा कार्यसमितीका आधा दर्जन सदस्यहरु संघिय प्रेस फोरममा आवद्ध भएपछि युनियनलाई ठुलो झटका लागेको छ ।