वीरगंज, ७ पौष ःवीरगंज उद्योग वाणिज्य संघका आगामी २९ गते ४१ औं वार्षिक सभा र नयाँ निर्वाचन गर्दैछ । यो निर्वाचनमा संघमा आउने आगामी कार्यकालको नयाँ नेतृत्वका सम्बन्धमा खासै रस्साकस्सी छैन । त्यसैले निर्वाचन र नयाँ नेतृत्व्को सम्बन्धमा पनि कमै चर्चा भएको हो । वर्तमान अध्यक्ष प्रदिप केडियाले अर्को कार्याकाल नदोहो¥याउने बतापछि वरिष्ठ उपाध्याक्ष रहेको पूर्व सभासद ओमप्रकाश शर्मा संघको आगामी कार्यकालको लागि सर्वसम्मत अध्यक्ष बन्ने निश्चित भएको हो । उनको टीममा रहने पदाधिकारीहरु र कार्यसमितिको सवालमा भने अहिले पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन । प्राप्त जानकारी अनुसार सबै कुरा सर्वसम्मत भएमा प्रथम उपाध्याक्षमा गोपाल केडिया, द्वितिय उपाध्याक्षमा सुबोध कुमार गुप्ता र तृतिय उपाध्याक्षमा सुनिल खेतान र महासचिवमा अनिल पटवारी र रविन्द्र वर्णवालको बीचमा प्रतिस्पर्धा चलेको बताइन्छ । यदी अनिल पटवारीले रबिलाई महासचिबमा मनाउन नसकेमा यसमा दुबै बीचमा टक्कर हुने र पूर्व अध्यक्षहरुले समेत हस्तक्षेप गर्ने समाचार प्रकाशमा आएको छ । विगतका दिनमा जस्तो पदको लागि मरिहत्तै गर्ने परिपाटी अहिले विस्तारै हटेर गएकोले सबै पदमा सर्वसम्मत हुने सम्भावना बढेर गएको हो । निर्वाचनका लागि कुनै एक पक्षले अर्को पक्षलाई सम्पूर्ण रुपमा समाप्त गर्ने खेल अहिले नहुने भएपछि संघको नेतृत्व प्रति आकर्षण घटेर गएको हो । पूर्व अध्यक्षहरु क्रमशः बाबुलाल चाचान, बिजय सरावगी, ओमप्रकाश सिकारिया, गणेश लाठ, अशोक टेमानी, अशोक कुमार बैद्यले समेत अध्यक्षमा आ—आफ्ना उम्मेदावारलाई उचाल्ने र पछार्ने काममा यो निर्वाचनमा नलागेपछि सर्वसम्मत नेतृत्व आउने पक्कापक्की र वैधानिक रुपमा पनि बरिष्ठ उपाध्याक्ष अध्यक्ष बन्ने व्यवस्था केन्द्रमा भएकोले त्यो नैतिक हतियारले वीउवा संघलाई समेत निर्देशित गरेको अनुमान लगाउन थालिएको छ । उता कोषाध्यक्षमा भने वर्तमान दिपक टिवडेवाल र सहकोषाध्यक्षमा पुन प्रेमचन्द्र गोयल आउने सम्भावना बलियो बनेको छ । सचिवमा नवनित अग्रवाल, मनोज शर्मा, गोविन्द साह, आउन सक्ने सम्भावना बढेर गएको समाचार प्रकाशमा आएको छ ।