बीरगंज १ माघ ÷गायत्री योग पिठको अयोजनामा पुस २३ गते देखी वीरगंजमा शुरु भएको श्रीमदभाग्वत सप्ताहा महाज्ञान यज्ञ आज समापन भएको छ । वीरगंजको माईस्थान पार्कमा भएको यज्ञमा ११ यज्ञ कुण्ड बनाइएको र देशमा शान्ति समृद्धिको कामना गर्दै महायज्ञको अयोजना गरिएको समितीका अध्यक्ष बिजय सरावगीले बताउनु भयो । अश्वमेघ महायज्ञको सफलताको लागि यज्ञ पुजा गरिएको र श्रीमदभाग्वत सप्ताहमा आचार्य जनार्दन तिवारीले प्रवचन दिनुभएको अध्यक्ष सरावगीले बताउनु भयो । गायत्री योगपिठका संयोजक धर्मेन्द्र गुप्ता, सहकोषाध्यक्ष पंकज पटेल, महेन्द्र साह मनोज गुप्ता लगायतको उपस्थिती रहेको थियो । यज्ञपुजामा भक्तालुहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।