बिरगंज ,२१ पुस – शिवम बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाको उदघाट्न पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ का माननीय सांसद बिमल प्रसाद श्रीवास्तबले गर्नुहूँदै आत्मनिर्भरमूखि अर्थतन्त्र बिकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्बाह गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य राजेश्वर साह तेली, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, बचत संघका अध्यक्ष राजेश पर्डित, सहकारी बैकका युवराज खतिवडा, बिश्कोका डिल्ली बिक्रम कार्की, कलवार कल्याण कारिणी सभाका अध्यक्ष अमिरीलाल कलवार बिभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो । संस्थाका अध्यक्ष शिवजी प्रसाद कलवारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।