रत्ननगर २२ भदौं । चितवनको खोलेसिमलस्थित सिद्धिविनायक आवासीय माविको आयोजनामा आज सचेतना मुलक साईकल ¥याली गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औं राष्ट्रिय शिक्षा दिवसको अबसरमा आयोजित ¥याली खोलेसिमल बजार,जिरौना,पदमपुर,क्लवचोक,पृथ्वीचोक,माधवपुर हुदै खोलेसिमलमा पुगेर समापन भएको थियो । ¥यालीमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरौं, गुणस्तरीय शिक्षा आजको आवश्यकता लगायतका नारा लेखिएका प्लेकार्ड वोकेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुमणि लामिछाने,शिक्षक नवराज बन्जरा लगायतले मतब्य व्यक्त गर्नुभएको थियो ।