वीरगन्ज,५ असोज । वीरगन्ज भन्सार कार्यालयका कर्मचारीहरुले मंगलबार सहज तरिकाले मालवाहक ट्रक भित्रिएको दाबी गरेका छन् । भारतले नेपालको लागी नाकाबन्दी नगरेको बताउँदै भन्सारका कर्मचारीहरुले यस्तो दाबी गरेका हुन् ।भारतले नाकाबन्दी गरेको कुरा गलत हो,रक्सौल कस्टमले नाकाबन्दीको कुनै आदेश नआएको जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालय हरदै अहिले निर्वाध रुपमा भारतीय ट्रक, पेट्रोलियम पदार्थ बोकेको टयाङ्कर तथा ग्यास बोकेका सवारीहरु नेपाल भित्रि रहेका छन् । आज पनि ३२ वटा टयाङ्कर र २ सय भन्दाबढी मालवाहक गाडी नेपाल भित्रिएको छ । वीरगन्ज भन्सार कार्यालयका भन्सार कर्मचारीहरुले  जानकारी दिए ।
वीरगन्ज भन्सार कार्यालयमा स्थान अभावको कारण चाप अनुसारको सवारीहरु राख्न नसकेको उनले बताए । बाहिर आएका हल्ला नाकाबन्दी जस्तो केही नरहेको कर्मचारीहरुले बताए ।