वीरगञ्ज,१७ भदौ  – स्थानीय प्रशासनले सोमबार अपराह्न चार बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्‍यू  आज बेलुकी ५ बजेदेखि ७ बजेसम्‍मका लागि कर्फ्यू हटाएको छ।स्थानीय प्रशासनले वीरगन्जलाई मंगलबारदेखि  दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरेर वीरगन्जका मुख्य सडक र टोलहरुमा बुधबार बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो। तनावग्रस्त वीरगञ्ज बुधबार भने बिहानैदेखि सुनसान  देखिएको थियो।