काठमाडौं, १६ कात्तिक । वीरगञ्ज झडपमा प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु भएपछि भारतले असन्तुष्टि जनाएको छ । यसबारे विदेश मन्त्रालयको वक्तव्य आउन लागेको स्रोतले बताएको छ । सोमबार अपराह्न केही सम्पादकहरुसँगको छलफलमा भारतीय राजदूत रणजीत रायले पनि घटनाप्रति आश्चर्य जनाएका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतसाग भएको हालै भएको भेटमा मधेसको समस्या राजनीतिक रुपमा समाधान गर्ने बताएको सुनाउँदै राजदूतले रायले भने-‘हिजोसम्म राम्रो वातावरण बनेको थियो । विहानै यस्तो घटना किन घट्यो दुःख लागेको छ ।’