वीरगंज, ३ बैशाख । वीरगंज जेसीसको जेसीस सप्ताह २०१६  एक हप्ते कार्यक्रम  अनुरुप आज वीरगंज बिर्ता स्थित धर्मशालामा निशुल्क दन्त शिबिर सम्पन्न भएको छ । वीरगंज जेसीसका अध्यक्ष राजेश पटेलको सभापतित्वमा  सम्पन्न शिबिरमा महिला ,पुरुष र बालबालिका गरी १७० जनाले स्वास्थ्य परिक्षण गराउनुको साथै सवैलाई निशुल्क औषधि समेत बितरण गरिएको थियो । शिबिरमा डा. मनोज उपाध्यायको नेतृत्वमा रहेको टोलीले स्वास्थ्य परिक्षण गरेको कार्यत्रम संयोजक प्रेम पटेलले बताए । सामुदायिक सेवा केन्द्र बिर्ताको संयोजनमा भएको निशुल्क दन्त शिबिरका पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले उद्घाटन गरेका थिए । सो उद्घाटन समारोहमा नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का सभापति बिजय सर्राफ, सामुदायिक सेवा केन्द्र बिर्ताका अध्यक्ष अमित श्रेष्ठ,प्रहरी निरीक्षक जिउलाल चुडाली,वीरगंज जेसीसका पुर्वअध्यक्षहरु मधु राणा,निशान्त लामिछाने,संतोष खनाल,गणेश श्रेष्ठ ,महासचिव शेखर चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निशुल्क शिबिरमा डा.मनोज उपाध्याय,डा. रेयाजुल हक,डा. महम्द साउद,डा. सुरेन्द्र भाठ,डा. बन्दना कुशवाहाले स्वास्थ्य  परिक्षण गरेको कार्यक्रम संयोजक प्रेम पटेलले बताए । वीरगंज जेसीसको जेसीस सप्ताह अन्र्तगत बैशाख १ गते शुभकामना आदानप्रदान एवं स्लो स्कुटी रेस र  नारायणी उपक्षेत्रिय अस्पतालमा फलफुल बितरण गरिसकेको छ । सप्ताहको  कार्यक्रम अन्र्तगत बैशाख ४ गते क्रिकेट प्रतियोगिता नारायणी रंगशाला,५ गते जेसीस सचिवालयमा पिपुलस भ्वाइस जेसीस टक कार्यक्रम,६ गते बाल काल्याण गृह बिर्तामा भबिष्यको कर्णधार बालबालिका संग एक क्षण र ७ गते मुक्ति पुनःस्थापना केन्द्र वीरगंज बसपार्कमा तालिम संचालन गर्ने वीरगंज जेसीसका अध्याक्ष राजेश पटेलले बताए ।