वीरगंज, फागुन १५। वीरगंज जेसिसको आयोजनामा इन्टर स्कुल सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । वीरगंज जेसिसका अध्यक्ष दिलिप ढुङ्गगेलको अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रमुख अतिथी जिल्ला खेलकुद विकास समिती पर्साका कार्यवाहक अध्यक्ष निसान्त कुमार लामिछाने रहनु भएको थियो । कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी, बिक्रम साह, मुर्तुजा हवारी, बिभिन्न स्कुलका प्रधानाधयापक लगायत बिधार्थीहरुको सहभागिता रहेको थियो । नारायणी रंगशालामा आयोजित प्रतियोगितामा सगरमाथा एकेडेमी, शुभतारा स्कुल, आइडियल स्कुल, युनिभर्सल स्कुल, डलफिन एकेडेमी, कसमस स्कुल, एपेक्स स्कुल, ज्ञान उदय स्कुल, वीरगंज गोल्डेन गेट लगायत ९ वटा स्कुलहरुको सहभागिता रहेको छ । यसैबिच सगरमाथा एकडेमी र आइडिएल स्कुल बिच भएको खेलमा सगरमाथा एकडेमी बिजय भएको छ ।