वीरगंज श्रावण २७ ।बारा, पर्सा, रौतहट लगायत यस आसपासका जिल्लालाई समेटी वीरगंजलाई राजधानी बनाउने गरी भोजपुरी प्रदेश स्थापना गर्नु पर्ने माँग गर्दै आज साँझ वीरगंजमा दबाव ¥याली निकालिएको छ । बारा, पर्साका युवा, विद्यार्थी, राजनैतिक दलका कार्यकर्ताहरु, उद्योगी व्यवसायी, समाजसेवी, बुद्धिजीवीहरुको सहभागितामा वीरगंजको घण्टाघरबाट दबाव ¥याली निकालिएको हो ।

नेपाली कांग्रेस पर्साका जिल्ला कार्यसमिति सदस्य एवम वीरगंज नगर विकास समितिका अध्यक्ष अरविन्द गुप्ताको संयोजकत्वमा निस्किएको ¥यालीमा नेपाली कांग्रेसका जिल्ला सदस्य अशोक गुप्ता, नेकपा एमालेका जिल्ला सदस्य प्रभु हजरा, मनोज चौधरी, नेपाली कांग्रेसका क्षेत्रिय सभापति श्याम पटेल, नेविसंघका केन्द्रिय सदस्य इम्तियाज आलम, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाल तरुण दलका केन्द्रिय सदस्य नविन सिंह, सहरुम राउत गद्दी, नेविसंघका जिल्ला अध्यक्ष राकेश यादव, संतोष सिंह लगायत सयौंको संख्यामा युवा, विद्यार्थी, राजनैतिक दलका कार्यकर्ताहरु, उद्योगी व्यवसायी, समाजसेवी, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । ¥यालीले नगर परिक्रमा गरि माईस्थान चौकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले बारा, पर्सा, रौतहट लगायत यस आसपासका जिल्लालाई समेटी वीरगंजलाई राजधानी बनाउने गरी भोजपुरी प्रदेश स्थापनार्थ गरिएको संघर्षमा सबै वर्गहरु अझ सशक्त रुपमा लाग्नुपर्ने कुरामा जोड दिएका थिए । यसअघि आजै वीरगंजको कलवार धर्मशालामा बारा, पर्सा, रौतहट लगायत यस आसपासका जिल्लालाई समेटी वीरगंजलाई राजधानी बनाउने गरी भोजपुरी प्रदेश स्थापना गर्नु पर्ने माँग गर्दै बृहत भेला सम्पन्न भएको छ । वीरगंज नगर विकास समितिका अध्यक्ष अरविन्द गुप्ताको संयोजकत्वमा सम्पन्न भेलामा नेपाल सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पूर्व सभासद शिवचन्द्र कुशवाहा, ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक प्रमोद कुशवाहा, लालबाबु पटेल, राज प्रसाद पाण्डे, नेपाली कांग्रेसका जिल्ला सदस्य अशोक गुप्ता, नेकपा एमालेका जिल्ला सदस्य प्रभु हजरा, मनोज चौधरी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहा, नेविसंघका केन्द्रिय सदस्य इम्तियाज आलम, तरुण दलका केन्द्रिय सदस्य नविन सिंह, सहरुम राउत गद्दी, लगायतको सहभागिता रहेको थियो ।