वीरगंज,चैत्र १९
वीरगंजलाई प्रदेश नं. २ को प्रादेशिक राजधानी बनाउन माँग गर्दै जारी आन्दोलनका सवै कार्यक्रम हाललाई स्थगित गरिएको कुरा संर्घष समितीका सह संयोजक तथा कार्यवाहक संयोजक एवं पुर्व सांसद राजकुमार गुप्ताले बताउनुभएको छ । गत पुस २१ गते देखि घण्टाघरमा शुरु गरिएको रिले अनशन, मशाल जुलुस, वीरगंज बन्द, छलफल लगायतका कार्यक्रम संचालन गरेको वीरगंज संर्घष समिती समितीले आजै कै मिति देखि हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको कुरा गुप्ताद्वारा हस्ताक्षरित बिज्ञप्तीमाम उल्लेख गरिएको छ । संर्घष समितीले आज मशाल जुलुस, छलफल, र भोली चैत्र २० गते वीरगंज बन्दको कार्यक्रम घोषणा गरिएको भएपनि विबिध कारणवश हाललाई आन्दोलन स्थगित गरिएको कुरा बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिद्यमान अवस्थाका कारण आन्दोलनलाई उपयुक्त समयमा थप प्रभावकारी बनाइदै जन चाहना अनुरुप अघि बढिने कुरा पनि गुप्ताद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।