वीरगंज, १ फागुन । २३ औं जनयुद्ध दिवसको अवसरमा वीरगंजमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वाईसीएल पर्साले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमा प्रदेश ईन्र्चाज तथा केन्द्रिय उपाध्यक्ष लालेन्द्रकुमार मण्डल, माओवादी केन्द्रका पर्सा संयोजक बाबुराम कौशिक, एमाले पर्सा संयोजक प्रभु हजरा, युवा नेता अरबिन्द सिंह, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ता, रामबाबु बैठा, प्रभाकर गुप्ता, शिवम साह, शिवशंकर यादव, बिमल पौडेल, संजिवकुमार गुप्तालगायतको उपस्थिती थियो । कार्यक्रम वाइसिएल पर्सा संयोजक ओमप्रकाश गुप्ताको अध्यक्षतामा भएको थियो । यसैगरी २३ औैं जनयुद्ध दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित १९ जनाले रक्तदान गरेका छन । ईसाकुमारी पासवान, रुबी सापकोटा, हसरत अली अंसारी, मित्रदेव यादवलगायतले रक्तदान गरेको रक्तसंचार केन्द्र्र वीरगंजका प्राविधिक अधिकृत नितेस साहले बताए ।