वीरगंज २१ पुस ।विश्वकै सवैभन्दा ठूलो सामाजिक संजालको संगठन लायन्स कल्ब अन्तराष्ट्रिय ३२५ वी २ डिष्ट्रिक्ट एरिया २ अन्तरगत वीरगंज जीतपुर सिमरा र हेटौंडाका क्लवहरुको एरिया मिट एवं फेलोसिप कार्यक्रम यही २२ गते शनिवारका दिन वीरगंजको आदर्शनगर स्थित सभागृहमा सम्पन्न हूने भएको छ । नेपाली लायन्सका गौरव व्यक्तित्व पुर्व अन्तरिष्ट्रय डाइरेक्टर संजय खेतान लगायत डिष्ट्रिक गभर्नर, प्रथम भाइस गर्भनर द्दितिय गर्भनर, पुर्व गर्भनरहरु, वी.म.न.पा.का मेयर एवं अन्य वाह्य अतिथीहरु समेत उपस्थित हूने उक्त कार्यक्रम वीरगंज कै इतिहासमा पहिलो पटक हून गइरहेको आयोजकले वताएका छन् । मिनी क्याविनेटका रुपमा हेरिएको उक्त कार्यक्रमले यस क्षेत्रको लायन्स गतिविधी एवं अन्य सामाजिक क्रियाक्लापहरु र समाजमा योगदान पूप्याएका व्यक्तित्वहरुको समेत सहभागिता हूने हूनाले समग्र लायन्स गतिविधीका वारेमा वीरगंज वासीले सामाजिक कार्यहरुको वारेमा अवगत हूने विश्वास लिइएको छ ।
करीव ५०० जना लायन्स कर्मीहरुको उपस्थिती रहने उक्त कार्यक्रममा विशूद्द लायन्सकर्मीहरुको सेवाभाव एवं आफ्नै खर्चमा आयोजना गरिएको आयोजक एरिया चिफ देव चौधरीले वताए । उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको र उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि सम्पुर्ण लायन्स कर्मीहरु लाई अनूरोध गरिएको कार्यक्रम की संयोजक लायन विजय ओझैयाले वताउनूभयो ।
कार्यक्रममा विभिन्न रचनात्मक लायन्स एवं वाह्य कलाकारहरुको समेत उपस्थिती रहने लायन्स क्लब एरिया वी कनफ्रेन्सका मिडिया कोर्डिनेटर विजय कुशवाहाले बताउनु भयो ।