वीरगंज, १५ साउन । बीरगंजको चिनीमिल आगडी सिटीराईट बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ र दुई जना घाईते भएको पर्सा प्रहरीले बताएको छ । हिजो साझ बीरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना.३.ख ७३३१ नम्बरको सिटीराईट बसको ठक्करबाट साईकलमा सवार बीरगंज महानगर–१४ बस्ने ५५ बर्षिय शिवशंकर कलवारको घटनास्थलमै मृत्यु भएको र बीरगंजमहानगर– ७ बस्ने ३३ बर्षिय पञ्चकुमारी चौधरी र वडा नम्बर ३० बस्ने ३५ बर्षिय रामदिनेश यादव घाईते भएका थिए । घाईतेको बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र सिटी राइट बसका चालक मुजाहिर मियाँ हवारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।