वीरगंज,१९ कार्तिक  । वीरगंजमा स्थानीय प्रशासनले लगाएको कफ्र्यू खुकुलो बनाउँदै लगेको छ । गत सोमबारबाट लगाएको कर्फ्यु प्रशासनले बुधबार दिनभर हटाएर साँझ ७ बजेपछि लगाएको थियो । यस्तै बिहीबार बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि प्रशासनले पुन कर्फ्यु  हटाएको छ ।

सर्वसाधारणलाईउपभोग्य सामाग्री किनमेलका लागि र दैनिक जीवन सहज पार्ने उद्देश्यले कर्फ्यु हटाइएको पर्सा प्रशासनले जनाएको छ । कर्फ्यु हटेसँगै वीरगंजका चोकहरुमा सर्वसाधारणको चहलपहल शुरु भएको छ । पर्सा प्रशासनले वीरगंजको मितेरी पुलदेखि उत्तरतर्फ पर्साको सीमासम्मको मुख्य सडक, बाइपास सडकखण्ड, पावर हाउस चोकदेखि राधेमाई सडकखण्ड र वीरगंज बजारमा कर्फ्यु लगाएको थियो ।

मोर्चाका कार्यकर्ताले वीरगंज–रक्सौल नाका अन्तर्गत दशगग्जा क्षेत्रको मितेरी पूलमा आज पनि धर्ना दिईरहेका छन् । वीरगंजमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । यसैबीच प्रहरीले बुधबार राती स्कर्टिङ गरेर वीरगन्जको सुख्खा बन्दरगाहमा थन्किएका १ सय ५६ वटा मालबाहक ट्रकलाई देशका बिभिन्न ठाउँमा पठाएको छ । पठाइएका सामानहरुमा कागज, मल र व्यावसायिक प्रयोजनका सामान रहेका छन् ।

+

/*