बिरगंज १ माघ  ।राष्ट्रिय योग दिवसको अवसरमा वीरगञ्जमा ७ दिने योग तथा ध्यान शिविर शुरु भएको छ । वीरगञ्जको भिश्वामा रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र पर्साको आयोजनामा योग तथा ध्यान शिविर शुरु गरिएको हो । प्रत्येक दिन बिहान साढे ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने योग शिविरमा भारतीय महावाणिज्य दुतावास अन्र्तगत रहेको भारतीय साँस्कृतिक सम्बद्ध परिषद (आरसीसीआर) का योग गुरु प्रमुख रविशंकरमणी पाण्डेले योग प्रशिक्षण दिने स्वास्थ्य केन्द्रका प्रमुख डा सुचित कुमार शर्माले जानकारी दिए । निरन्तर योग अभ्यासले मानिसको शरीरमा रोग नलाग्नुको साथै रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने उनको तर्क थियो ।