वीरगंज ९, भदौ  ।वीरगंजका यातायात व्यवासायिहरुले  सडक मर्मतको  माँग गर्दै  पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई ज्ञापन पत्र बुझाएका छन । क्षेत्रिय उपाध्यक्ष बिनोद कुमार मानन्धरको नेतृत्वमा गएको गएको टोलीले  प्रजिअ सिंह मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार , भौतिक पुर्वाधार एवं यातायात मन्त्रालय लगायत सात ठाँउमा  ज्ञापन पत्र बुझाएका हुन  । ज्ञापन पत्र बुझाउदै क्षेत्रिय उपाध्यक्ष मानन्धरले  सडक मर्मत गर्न सरोकारवाला निकाय  कुनै प्रकारको चिन्ता र चासो नदेखाएकोले यातायात ब्याबसायीहरु गम्भिर भएको जानकारी दिनुभयो । मानन्धरले  बीरगंजको नयाँ बस पार्क र मुख्य चोक आसपास रहेको मुख्य सडककै पुर्ब — दक्षिण वाइपास सडक खण्डको दूरावस्थाको कारण त्यस क्षेत्रमा यातायातको साधन प्रयोग गर्दा कुनै पनि बेला खाल्डोमा परि पल्टन सक्ने र त्रात्रुहरुको ज्यान धरापमा पर्ने सक्ने अवस्था रहेको जानकारी दिएका थिए । साथै सडक मर्मत बारे तात्कालिन पर्साका प्रमुख जिल्ला अधिकारीलाई अवगत गराऊँदा समेत सुनवाई नहुनु र राज्यका कुनै पनि संयन्त्रले यस तर्फ कुनै चासो नदेखाएको बिषयले आश्चर्य चकित तथा स्तब्ध तुल्याएको जानकारी ज्ञापन पत्र मार्फत  मानन्धरले जानकारी दिनुभयो ।  नेपालकै  प्रम्ुख प्रबेशद्धार एवं आर्थिक नगरिको रुपमा रहेको बीरगंज बाइपास सडक खण्डबाट दैनिक हजारौं यातायातका साधनहरु आवत — जावत गर्ने यस सडक खण्डको भयाबह अवस्थाको कारण अन्तराष्ट्रिय स्तरमा नै देशको प्रतिष्ठा धुमिल भैराख्दा पनि सम्बन्धित सबै निकायहरु तैं चुप मैं चुप भै तमासे मात्र भएको आरोप लगाए ।  उपाध्यक्ष मानन्धरले ७ दिनभित्र  बाइपास सडक खण्डका खाल्डा खुल्डीहरु पुरी मर्मत सम्भार तथा सुधार नगरिए नियमित सेवाहरु रोक्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।ं साथै यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायहरुले नै लिनुपर्ने ब्यहोरा समेत ज्ञापन पत्र मार्फत मानन्धरले जानकारी दिनुभयो । सो अवसरमा  नायारणी यातायात बस व्यवसायि संघका पर्सा अध्यक्ष जगत प्रसाद साह कानु, नारायणी अंचल यातायात व्यवसायि संघका अध्यक्ष  लक्ष्मी प्रसाद रौनियार, तराई यातायात व्यवसायी संघका क्षेत्रिय उपाध्यक्ष सुहेल अंसारी, पृथ्वी राजमार्ग बस संचालक समितीका सदस्य श्यामलोचन सापकोटा लगायतको उपस्थिती रहेको थियो ।