वीरगंज, १ माघ÷वीरगंज उद्योग वाणिज्य संघको ४१ औं साधारण सभा पछि अब पदाधिकारीमा को–को आउने भन्ने विषयमा तिव्र रस्साकस्सी सुरु भएको छ । वाणिज्यमा सर्वसम्मत हुन नसकेपनि आज १५ पदको निम्ति १७ जना उम्मेदवारी बनेपछि निर्वाचन सम्पन्न भएको छ । ३२९ जनाले मतदान गरेको आज निर्वाचनमा १३ मत बदर भयो भने ३१६ जनाको मत सदर भएको कुरा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेल र अधिकृतहरु रामेश्वर सेढाई र योगेन्द्र यादवले जानकारी गराएका थिए । जसअनुसार सर्वाधिक अथवा पुरै सदर ३१६ मत प्राप्त गरेर नरेश टिवडेवाल लोकप्रिय सदस्य बनेका छन् भने सदर मतको १ कम अर्थात ३१५ मत गरी विजयी बनेका छन् । निर्वाचनमा प्रेमचन्द्र गोयल, ताराप्रसाद, श्यामसुन्दर रुंगटा, गोविन्द प्रसाद शाह, सुरेश रुंगटा, दिपक टिवडेवाल, मनोज शर्मा, नवनित अग्रवाल, रामनगिना कानु, सुमन क्याल, नरेश टिवडेवाल, माधव राजपाल, विकास कुमार क्याल, सिदार्थ धुर्का र अनोज रुंगटा बिजय भएका हुन् । निर्वाचनमा पराजित भएका प्रदिप कुमार अग्रवालले जम्म ८० र जयप्रकाश अग्रवालले ५५ मत पाएका छन् । उद्योग, एसोसिएट र एफिलिएट तर्फको सदस्यहरु भने निर्विरोध निर्वाचित भईसकेको निर्वाचन अधिकृत खरेलले बताउनुभयो । वीरगंज उद्योग बाणिज्य संघको भोलि कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको बताइएको छ । संघको यो निर्वाचनमा पदाधिकारी समेत सम्पूर्ण पदहरु सर्वसम्मत गराउने आन्तरिक समहति गरेपनि कोषाध्यक्ष भने मतदान हुन सक्ने आशंका गरिएको छ । यो निर्वाचनमा दिपक टिवडेवाललाई कोषाध्यक्ष बनाउने आन्तरिक तयारी गरिएको भएपनि उनले बलिदान दिनुपर्ने अवस्था सृजना हुनुले अड्डी थापेपछि सो पदमा निर्वाचन हुन सक्ने आशंका गरिएको छ । उता उपाध्यक्षहरुमा वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, द्वितीय उपाध्यक्षमा सुबोध गुप्ता र रोजगारदाता उपाध्यक्षमा अनिल पटवारीको नाम टुङ्गिएको समाचार छ । महासचिवमा भने सुनिल खेतानको नाममा सहमति बनेको बताइएको छ । वीरगंज उद्योग वाणिज्य संघको नेतृत्वले यसक्ष्“ेत्रको आर्थिक मात्र नभएर सबै पक्षको नेतृत्व गर्न महत्वपूर्ण रोल हुनेभएकोले अब बन्ने पदाधिकारी अर्थात अध्यक्ष ओमप्रकाश शर्माले कसरी संघलाई हांक्छन् त्यो हेर्न बाकी छ । तर पनि उनले ठाउ“–ठाउमा संघ भित्र राजनीतिक विचार को रंग नआउने प्रतिबद्धता जनाउनुले यदि बोले अनुसारको व्यवहार प्रर्दशित भएमा संघले यस क्षेत्रको नेतृत्वमा केहि नया“ कदम अगाडी बढाउन सक्ने अपेक्षा गरिएको छ तैपनि पदाधिकारीहरुको विषयमा प्रदिप केडिया, ओमप्रकाश शर्मा, गणेश लाठ, अशोक टेमानी र विजय सरावगी,  अशोक वैद्यको बीचमा आज अन्तिम बैठक बस्ने बताइन्छ । त्यसमा सरावगीले भने आफू सहभागी नबन्ने सूचना रिले गरेको समेत समाचार छ । उनले रवि वर्णवाललाई ल्याउनु पर्ने अडान दोहोह¥याइरहेको त्यसको ग्रिन सिगनल प्राप्त नहुन्जेलसम्म संघको औपचारिक कार्यक्रममा समेत उनको सहभागिता नहुने अनुमान लगाउन थालिएको छ । साधारण सभामा समेत उपस्थिती नहुनुले त्यसको समेत पुष्टि गरेको छ ।