बिरगंज जेष्ठ २२

विश्व वातावरण दिवस वीरगंजमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइदैछ । दिवसको अवसरमा प्याब्सन पर्सा, रैलि सहित बृक्षारोपण र डस्टबिन वितरण गरेको छ । प्याब्सन पर्साका सचिव छेदुप लामाले घण्टाघरबाट रैलि निकालेर लिंकरोड, ठाकुरराम क्याम्पसमा बृक्षारोपण गरिएको, घण्टाघर, नारायणी उपक्षेत्रिय अस्पताल, आदर्शनगर, माईस्थानमा फोहर संकलनका लागि ठूलो डस्टबिनको व्यवस्था गरेको र छपकैयामा रहेको यतिमखानामा आश्रितहरुका लागि ३ वटा पंखा उपलब्ध गरेको छ । कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष हरिशंकर साहको अध्यक्षता तथा वीरगंज महानगरका मेयर विजय सरावगिको प्रमुख आतिथ्यमा भएको थियो भने पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, अभिभावक संघका अध्यक्ष अमर गौत्तम, प्रहरी नायब उपरिक्षक राजन लिम्बुलगायतको सहभागिता थियो ।