वीरगंज जेष्ठ ३०

राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।आज मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् ।आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको र उनका श्रीमान आषिश जोशी घाइते भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इक्सपेक्टर राजु लामाले बताए । उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको पनि लामाले बताए । स्कुटर जोशीले हाँकेको बताइएको छ ।दुर्घटनापछि पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । स्थानीयले अहिले चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरिरहेका छन् ।