वीरगंज जेष्ठ ३१

आर्क होल्डर वेल्डर बिषयक शिपमुलक तालिमा आजदेखि वीरगंजको होटल सम्झना शुरु भएको छ ।सृजनशिल व्यवसायिक तालिम केन्द्र प्रालिको आयोजना तथा लघु बिकास व्यवसायि बिकास कोष पर्सा र जगदम्बा ईन्टरप्राईजेजको सहयोगमा सो तालिम शुरु भएको हो । तालिमालाई नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले उद्घाटन गर्नुभएको छ  । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बन्जाराले यस्ता तालिमले देशमा दक्ष जन शक्ति तयार हुने र देशबाट बेरोजगारीको समस्या हल हुने बताउनुभयो । दक्ष जनशक्तिले देश बिकामा महत्वपुर्ण योगदान पुरयाउने हुनले यस्ता तालिमलाई निरन्तरता दिन अध्यक्ष बन्जाराले आग्रह गुर्नभयो ।६५ दिन सम्म चल्ले तालिममा ४५जना युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।