वीरगंज ३ कात्तिक ÷ नेपाल विश्वकर्मा संघ शिवनगरद्धारा मधेश आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै जुलुस प्रर्दशनसंगै नाकाबन्दीमा समावेश भएको छ । मधेशमा रहेका लोहार जातीका सगठन विश्वकर्मा संघको बैनरमा हिजो गौरमा जुलुस प्रर्दशन गरेका हुन । गौरका विभिन्न क्षेत्रमा जुलुस प्रर्दशन गर्दै मधेशीको माग पुरा गर जस्ता नारा लगाइएको थियो । मधेश क्रान्ति चोकदेखि निस्केको जुलुस नगर परिक्रमा गरी नेपाल भारतको सिमाना बैरगनीया गौरको वीचमा रहेको मितेरी पुलमा सहभागी नाकाबन्दीमा नेपाल विश्वकर्मा संघ शिवनगरले सहभागी भएको संयुतm लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक राम निवास राय यादवले बताएका छन । यसअघि नेपाल नागरिक समाज , शिक्षकका विभिन्न संघ ,सगठन , मञच , परिषद , स्वास्थ्य सम्बन्धी सघ , सगठन ,मच , किसान , उधोग वाणिज्य सघ , निर्माण व्यवसायी सघ , मधेश मिडिया मिशन , मधेशी पत्रकार सघ , नेपाल वार एशोसियसन ,लगायत मधेशमा रहेका अधिकांस सघ सगठनले आन्दोलनमा ऐक्यवद्धता जनाइ सकेका छन ।