वीरगंज अषाढ ११

आदर्श मिडिया प्र.लि द्वारा संचालित गितान्जली म्युजिकको आज एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ ।उद्घाटन वडा ९ का वडा अध्यक्ष मनोज कुमार कलवारले गर्नु भएको थियो । म्युजिकको उद्घाटन समारोहमा नेपाल पत्रकार माहासंघ २ नम्बर प्रदेश सदस्य जगत राई, राजापाका केन्द्रिय माहासचिव निजामुदिन समानी हिन्दु परिषदका केन्द्रिय अध्यक्ष सन्तोष पटेल , पुरीपिठ परिषदका केन्द्रिय प्रवक्ता राजनारायण मिश्रा आदर्श मिडिया प्र.लि को आशिक अंसारी पत्रकार राकेश साह , समाजिक अभियन्ता प्रकाश थारु, अमिता देवी गायक रन्जित पाण्डे, गायक रन्जित यादव , जुगेन्द्र सहनी लगायतको विषेश उपस्थिती रहेको थियो ।